बिहीबार, पुष १७, २०८२

निलम्बित गभर्नरको रिट दर्ता, भोली पेसी

मेरोन्यूज २०७९ वैशाख ५ गते १४:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। सर्वोच्च अदालत प्रशासनले रिट निवेदन अध्ययन गरेर आज दर्ता गरेको हो । रिटमाथि सुनुवाइका लागि भोलि मंगलबारलाई पेसी तोकिएको छ।
सरकारले प्रतिशोध साँधेर गैरकानुनी रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेकाले खारेज गरेर काममा फर्काउन अधिकारीको माग छ। साथै आफूमाथि छानबि गर्न गठित समिति पनि खारेज हुनुपर्ने उनको माग छ।

प्रतिक्रिया