मीनलाई सन्तान र परिवारबाट सुख प्राप्त हुने, अन्य राशीको कस्तो छ आज ?

काठमाडौं । ७ वैशाख २०७९ बुधबार । तद्नुसार अप्रिल महिनाको २० तारिक २०२२ । वैशाखकृष्णपक्ष चतुर्थी, बालव करण, ज्येष्ठा नक्षत्र, वरीयान योग, चन्द्रमा वृश्चिक राशिमा छ । आजका देवता कुवेर र ग्रहदेव बृहस्पति हुन् ।
आज बिहान ५ः३४ मिनेटमा सूर्योदय भएको छ भने ६ः३२ बजे सूर्यास्त हुनेछ । आज १२ः०३ देखि १ः४० सम्म राहुकाल छ । यो समयमा शुभकार्य नगर्दा राम्रो हुनेछ । बुधबार घरगृहस्थसम्बन्धी कार्य गर्दा शुभ हुनेछ । आर्थिक कारोबारका लागि बुधबारको दिन शुभ मानिन्छ ।
अब लागौं आजको राशिफलतर्फ
मेष
तपाईंलाई आज मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।
वृष
दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टी रहन सक्छ । लामो यात्राका लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले तपाईंको नजिकै हरेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नु शुभ हुनेछ ।
मिथुन
मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग पैसा फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट तपाईंले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुहोला ।
कर्कट
नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मानसमेत मिल्नेछ । आजको दिन कसैसँग पनि मनोभाव हुने कुरा नगर्नुहोला ।
सिंह
तपाईंको मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु राम्रो हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला ।
कन्या
व्यापारव्यवसायबाट लाभ हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययनअध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।
तुला
व्यापारबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हटेर जानेछ । आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालयको नामस्मरण गर्नुहोला । आजको दिन सोच अनुसारको काम हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर कामको शुरुवात गर्नुहोला ।
वृश्चिक
व्यापारबाट फाइदा हुनेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै असक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
धनु
मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।
मकर
आजको दिन भोका, गरिबलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा नाम स्मरणले मात्र मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने फाइदा पुग्नेछ ।
कुम्भ
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस हुनेछ । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्छ ।
मीन
सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ । घर व्यवहारका लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया