खोप तथा औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छ : राष्ट्रपति

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । नेपाल औषधि उत्पादक संघले भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गरेको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा पछिल्लो समय नसर्ने रोगबाट धेरै जनता पीडित बनेको बताइन् ।
‘समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान, भौतिक पूर्वाधार विकास, खोप तथा औषधी उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्कता रहेको छ’, उनले भनिन् । नसर्ने रोगको जोखिम बढिरहेकाले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्यकता भएको उनको भनाइ छ ।
स्वदेशमै उत्पादन हुने औषधिको लागत घटाउन स्वदेशी कच्चा पदार्थलाई नै प्रयोग गरेर कच्चा पदार्थ आयात कम गर्न सकिने उनले बताइन् । देशभित्रै जतिसक्दो धेरै प्रकारका औषधि उत्पादन गर्न सके देशलाई औषधिको क्षेत्रमा पनि आत्मनिर्भर बनाउन सकिने उनले बताइन् । तर, औषधि उत्पादनमा गुणस्तरीयतामा भने ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सकेसम्म धेरै किसिमका औषधी देशभित्रै उत्पादन गर्न सके संविधानले व्यवस्था गरेको नागरिकको स्वास्थ्य सम्बन्धि मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने उनले बताइन् । रोगको उपचार र नियन्त्रणका लागि देशहरुबीच आपसी सहयोग र सद्भाव रहनुपर्ने भन्दै उनले औषधी उत्पादनमा समेत विश्वका देशहरुबीच सहयोग अभिबृद्धि हुनुपर्ने बताइन् ।
















ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया