भारतमा थप २५ सयमा कोरोना पुष्टि, ३३ जनाको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख १० गते १६:४४

काठमाडौँ । कोरोना भाइरसका कारण भारतमा थप २५ सय संक्रमित भएका छन् । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोनाबाट संक्रमित भएका हुन ।
संघीय स्वास्थ्य मन्त्रालयले दैनिक संक्रमित र मृतकको संख्या पछिल्ला दिनमा बढ्दै गइरहेको जनाएको छ ।
यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४५१ जना संक्रमित भएको देखिएको थियो । मृतकको संख्या शनिबारभन्दा बढी ५४ रहेको थियो ।
पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमितको संख्या भने घट्दै गएको छ ।
मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या १५ हजार ७९ रहेको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया