युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष चारमा
मेरोन्यूज
२०७९ वैशाख ११ गते ६:२७

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले पराजित गर्दै लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको सम्भावना कायम राखेको छ ।
शनिबार साँझ घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलको जितमा नुनो टाभारेस, बुकायो साका र ग्रानिट जाकाले गोल गरे ।
युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । ब्रुनो फर्नाण्डेजले भने पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् ।
जितसँगै आर्सनल ३३ खेलबाट ६० अंक जोड्दै शीर्ष चार भित्र रहेको छ । शीर्ष चारमा रहेर लिग टुंगाए आर्सनल आगामी च्याम्पियन्स लिगमा छनोट हुनेछ ।
एक खेल बढी खेलेको युनाइटेड ५४ अंक जोडेर छैटौं स्थानमा छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया