कन्यालाई आज अर्थ लाभ, तपाईको राशिफल कस्तो ?

काठमाडौं । आज ११ वैशाख २०७९, आइतबार । तद्नुसार अप्रिल महिनको २४ तारिक, २०२२ । आज लोकतन्त्र दिवस पनि हो ।
वैशाखकृष्ण पक्ष अष्टमी तिथि, तैतिल करण, श्रवण नक्षत्र, शुभ योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः३० मा भएको छ भने सूर्यास्त ६ः३३ मा हुनेछ । आजको देवता लक्ष्मी र ग्रहदेव सूर्य हुन् ।
आइतबारलाई सूर्यबार पनि भनिन्छ । सूर्य नारायणलाई प्रत्यक्ष देवता भनिन्छ सनातन धर्मशास्त्रमा । आज विहान ११ः३६ देखि १२ः२८ सम्मको समय अभिजित महूर्त रहेको छ । यो समय निकै शुभ समय मानिछ । आइतबार बिहान शुरुवात गरिएको काम साताभित्र सम्पन गर्ने योजना बनाउनु पर्दछ । हरेक साताको आइतबार महत्वपूर्ण दिन मानिन्छ ।
अब लागौं आजको राशिफलतर्फ
मेष
व्यापारव्यवसायमा हुनुहुन्छ भने आजको दिन विहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग हुनेछ । बिहानको उदाँउदो सूर्यको र देवालयको दर्शन गरेर काम शुरु गर्दा साताभर तपाईको कार्यसिद्ध हुनेछ ।
वृष
तपाईंका लागि आजको दिन त्यति अनुकुल देखिदैन । यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ ।
मिथुन
मिथुन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।
कर्कट
आजको दिन कर्कट राशि भएका जातकको दाम्पत्यजीवनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । व्यापार ब्यबसाय र कामबाट तपाईलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काम नगर्दा वेश हुनेछ ।
सिंह
आज तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।
कन्या
तपाईको दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको दिन अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातका लागि यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । कमारीको फलाहार दिने र बस्त्र दान गर्नु राम्रो हुनेछ ।
तुला
तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित काम बाहेक नयाँ काम नगर्नुहोला । पनि विवाद हुने काम बाट टाडा रहनुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ ।
वृश्चिक
तपाइको आजको दिन व्यापारव्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला
धनु
आफन्तलाई आजको दिन भेट गर्दा तपाईलाई साथ सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ । आजको दिन शुरु गरेको कार्य फलदायी हुनेछ ।
मकर
मकर राशिको जातकको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ । चन्द्रमाको साथ रहेको छ । त्यसैले आजको दिन शुरुवात गरेको काम शुभ हुनेछ ।
कुम्भ
कुम्भ राशिका जातकले हरेक साताको आइतबार विहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले तपाईलाई मनमा शान्ति मिल्नेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला।
मीन
अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
भक्तपुर २ को उम्मेदवारमा एमाले सचिव महेश बस्नेत सर्वसम्मत सिफारिस
प्रतिक्रिया