के गर्ने, के नगर्ने ? यस्तो छ कांग्रेसको संकल्प

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता स्थानीय तह चुनावको घोषणापत्र मार्फत नै जनाएको छ ।
आइतबार चुनावी घोषणापत्र सार्वजनिक गदैं काग्रेसले जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरेको हो ।
सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने भन्दै उसले कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने पनि संकल्प गरेको छ । त्यस्तै कांग्रेसले नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने पनि जनाएको छ ।
नेकपा एमालेले समृद्ध नेपालको राजनीतक भाष्य र कोरा विकासको मोडल बनाएको भन्दै कांग्रेसले भनेको छ, ‘समृद्ध नेपालको त्यो अवधारणामा व्यापक भौतिक विकास, ठूलाठूला पूर्वाधारका संरचना, अग्ला भवन, भ्यूटावर, भीमकाय एयरपोर्ट र हिमालमा रेल चढाउने लगायतका सपनाको व्यापार गरिएको छ ।’
यस्तो समृद्धिको आधारले देशले धान्नै नसक्ने अत्यन्त खर्चिलो भौतिक विकास भएको कांग्रेसले निष्कर्ष छ । ‘त्यस्तो विकासले जनताको शीरमा ऋणको भारी बोकाउँछ, प्राकृतिक स्रोतहरुको अवैज्ञानिक दोहन गरेर भावी पुस्तालाई समते जोखिममा पार्ने गरी पर्यावरणीय संकट निम्त्याउँछ ।’ निश्चित ठाउँमा जनसंख्याको केन्द्रिकरण गर्दै लैजाने, शहर र ग्रामिण, धनी र गरिब बीचको असमानताको खाडल अझ फराकिलो बनाउने कांग्रेसले बताएको छ ।
आफूले अघि सारेको समुन्नत नेपालको मार्गचित्र यो भन्दा भिन्न रहेको भन्दै कांग्रेसले भनेको छ, ‘समुन्नत नेपाल कुनै अमूर्त गन्तव्य नभएर जनताको सक्रिय सहभागितामा हुने राष्ट्र निर्माणको निरन्तर प्रक्रिया र अभियान हो ।’
समुन्नत नेपाल नागरिकलाई सबल, सक्षम र स्वतन्त्र बनाई देशलाई सम्पन्न बनाउने अवधारण भएको भन्दै कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सेवा प्रवाह, कृषि, उद्या र रोजगारी तथा स्थानीय पूर्वाधारमा अबको १० वर्षमा गर्ने कामको योजना अघि सारेको छ ।

निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाको भरमा कुनै पनि निर्णय नगर्ने, कानुन, आर्थिक तथा वित्तीय उत्तरदायित्व तथा अनुशासन उल्लंघन गर्ने, महिला हिंसा, जातीय विभेदलाई प्रत्साहन नगर्ने पनि कांग्रेसको संकल्प छ ।
कांग्रेसले कोख देखि शोकसम्म कांग्रेसले के गर्न चाहेको भन्ने मोडेल पनि घोषणापत्रमा सार्वजनिक गरेको छ ।


















नेकपा छाेडेर रास्वपा प्रवेश गरेका अन्सारीको बारा–४ मा अग्रता
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
५२ क्षेत्रमा मतगणना जारी रहँदा ४० क्षेत्रमा रास्वपाकाे अग्रता
चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता
नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया