आईपीएल: लखनउको छैटौं जित
मेरोन्यूज
२०७९ वैशाख १७ गते ७:४८

काठमाडौं । पन्जाब किङ्सलाई २० रनले हराइदै लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेटमा छैटौं जित निकालेको छ । पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
पन्जाबका जोनी बेयर्सटोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए । लखनउका मोसिन खानले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो । लखनउका क्विन्टन डी ककले सर्वाधिक ४६ रन जोड्दा दिपक होडाले ३४ रन बनाए ।
पन्जाबका कागिसो राबडाले ४ विकेट लिए । लखनउले ८ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पन्जाबले ९ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा छ ।
सम्बन्धित









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया