अमेरिका-नेपाल कूटनीतिक सम्बन्धको ७५ वर्ष पुरा
दूतावासको कार्यक्रममा को-को सहभागी थिए ?

काठमाडौं । अमेरिका र नेपालको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष पुगेको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले एक कार्यक्रम आयोजना गरेको छ । शुक्रबार दूतावासले कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडु, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतको उपस्थित थियो । त्यस्तै नेताहरू रामचन्द्र पौडेल, सुवास नेम्वाङ, वर्षमान पुन, प्रदिप ज्ञवाली, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, राजेन्द्र महतोलगायत नेताहरूको उपस्थित थियो । कार्यक्रममा बैंकर, व्यापारी, खेलाडी, कलाकार, पत्रकारितालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी थिए ।
नेपाल र अमेरिकाबीच सन् १९४७ को अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यस बखत नेपालको राजधानी काठमाडौँमा दुई देशबीच व्यापार तथा मित्रतासम्बन्धी एक सम्झौता पनि गरिएको थियो ।
गएका ७५ वर्षको अवधिमा अमेरिकाले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विविध क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ । दुई देशबीच कायम रहेको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धजस्तै नागरिकस्तरमा पनि अन्योन्याश्रित सम्बन्ध रही आएको छ ।
अमेरिकाले पछिल्ला वर्षमा खासगरी भूकम्पका बेलामा र कोरोना महामारीका रुपमा भएका अकल्पनीय क्षतिको न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । भूकम्पपश्चात् नेपाललाई १३ करोड डलर दिने घोषणा गरेको अमेरिकाले पछि १९ करोड डलर सहयोग गरेको थियो, भूकम्पपश्चात्को पुनःनिर्माणमा ३६ वटा स्कुल पुनःनिर्माणमा अमेरिकाको सहयोग रहेको थियो ।

कोरोनाविरुद्धको खोप दिनेमा पनि अमेरिका अग्रपङ्क्तिमा नै रह्यो । कोरोना भाइरस विरुद्धको कूल ३७ लाख ९८ हजार ८०० डोज खोप नेपाल सरकारलाई उपलब्ध गराएको अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत ५० करोड डलर अनुदानको सम्झौता भएर काम अगाडि बढेको छ । नेपालको वैदेशिक सहायताको इतिहासमा अनुदानका रुपमा एकैपटक प्राप्त भएको यो रकम सबैभन्दा धेरै हो ।
नेपाल र अमेरिकाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतका विभिन्न अन्तर्राष्ट्रिय निकायमा सहकार्य समेत गर्दै आएका छन् । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता भएको छ । सन् २०१६ मा अमेरिकाले नेपालको निर्यातलाई प्रोत्साहन गर्न व्यापार सहुलियत कार्यक्रमसमेत उपलब्ध गराएको छ ।
नेपाल र अमेरिकाबीच उच्चस्तरको भ्रमण आदानप्रदानले पनि निरन्तरता पाएको छ । केही वर्ष अगाडि तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । हालसालै मात्र अमेरिकी सांसदहरुको टोलीले नेपाल भ्रमण गरी द्विपक्षीयहितका विषयमा छलफल गरेको छ ।
नेपालबाट बर्सेनि अध्ययनका लागि अमेरिका आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । सन् २०२०–२०२१ मा नेपालबाट ११ हजार १७२ जना विद्यार्थी अध्ययनका लागि अमेरिका गएका थिए ।















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया