‘युगकवि सिद्धिचरण पुरस्कार’ सिस्नुपानीलाई
युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार’ यस वर्ष सिस्नुपानी नेपाल संस्थालाई प्रदान गर्ने भएको छ । हास्यब्यङ्ग्यका माध्यमबाट देशको विकृति, विसङ्गति र बेथितिलाई चिर्दै जागरणको शङ्खघोषमा दिएको योगदान मूल्याङ्कन गर्दै प्रतिष्ठानले सिस्नुपानीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा भएको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका प्रवक्ता रामबाबु सुवेदीले जानकारी दिनुभयो । यसैगरी विसं २०७७, २०७८ र २०७९ सिद्धिचरण युवा पत्रकारिता पुरस्कार क्रमशः गजुरधन राई, पारसप्रकाश नेपाल र लहना मिडियालाई प्रदान गरिने भएको छ । पुरस्कार छनोटका लागि प्रतिष्ठानका उपाध्यक्ष मोहन लोहनीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया