‘युगकवि सिद्धिचरण पुरस्कार’ सिस्नुपानीलाई
युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार’ यस वर्ष सिस्नुपानी नेपाल संस्थालाई प्रदान गर्ने भएको छ । हास्यब्यङ्ग्यका माध्यमबाट देशको विकृति, विसङ्गति र बेथितिलाई चिर्दै जागरणको शङ्खघोषमा दिएको योगदान मूल्याङ्कन गर्दै प्रतिष्ठानले सिस्नुपानीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा भएको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका प्रवक्ता रामबाबु सुवेदीले जानकारी दिनुभयो । यसैगरी विसं २०७७, २०७८ र २०७९ सिद्धिचरण युवा पत्रकारिता पुरस्कार क्रमशः गजुरधन राई, पारसप्रकाश नेपाल र लहना मिडियालाई प्रदान गरिने भएको छ । पुरस्कार छनोटका लागि प्रतिष्ठानका उपाध्यक्ष मोहन लोहनीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।










मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध
नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
प्रतिक्रिया