रोल्पाको थवाङमा गएराति भएको झडपमा वेपत्ता बनेका दुई जना अझै भेटिएनन्
मेरोन्यूज
२०७९ वैशाख ३० गते १२:१७

रोल्पा । रोल्पाको थवाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेएिका छैनन् ।
थवाङ गाउँपालिका–४ उवा टिकरीबाङमा झडपमा परी थवाङ गाउँपालिका– ४ तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
माओवादी केन्द्र र एमाले–कांग्रेस गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएपछि यी दुई जना सम्पर्कविहीन भएका थिए ।
उनीहरु आफन्तको सम्पर्कमा पनि नरहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले बताए ।
घटनापछि थवाङ– ४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु माओवादी कार्यकर्ताहरु हुन् ।
सम्बन्धित
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया