दैलेखको नौमुलेका अध्यक्षमा माओवादीका सुवेदी विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते ७:३३

दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २५४४ मत ल्याएका छन् भने तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले १९२० मत पाए । दैलेख माओवादीको कर्णाली प्रदेशकै कमजोर जिल्लाका रुपमा चिनिन्छ । स्थानीय तहको अघिल्लो निर्वाचनमा माओवादी दैलेखमा शून्य थियो ।
यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८४३ मत पाए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ मत ल्याइन् । तेस्रो भएकी एमालेकी गीत चन्दले १९१८ मत पाइन् ।
नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया