मुस्ताङमा सवै पालिकाको परिणाम सार्वजनिक : ४ पालिकामा एमाले, एकमा कांग्रेस विजयी

मुस्ताङ । मुस्ताङका सवै पालिकाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । जिल्लाका ५ पालिका मध्ये ४ पालिका एमालेले जितेर जिल्लामा पहिलो दल एमाले बनेको छ । एक पालिका कांग्रेसले जितेको छ । कांग्रेस मुस्ताङमा दोस्रो दलको रुपमा आएको छ ।
लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिका एमालेले जितेको हो । कांग्रेसले भने घरपझोङ गाउँपालिका जितेको छ ।
एमालेले थासाङ र घरपझोङमा उपाध्यक्ष पनि गुमाएको छ ।
अन्य जिल्लाको मतगणना भने अझै पनि जारी छ । यो जिल्लाको कुनै पनि पालिका माओवादी केन्द्रले जितेको छैन ।
घरपझोङ गाउँपालिकामा कांग्रेसका मोहन सिंह लालचन ७६० मत सहित विजयी भएका छन् । उनीसँग एमाले उम्मेदवार २ मतले मात्रै पराजित भएका थिए । एमालेका सन्जयकुमार थकालीले ७५८ मत पाएका थिए ।
यो पालिकाको उपाध्यक्ष पनि कांग्रेसले जितेको छ ।
थासाङ गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार प्रदिप गौचन १,१४४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बालकुमारी शेरचनलाई ८९ मतान्तरले पराजित गरेका हुन् । पराजित बालकुमारी शेरचनले १,०५५ मत ल्याएकी छन् ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार लोप्साङ छोम्पेल विष्ट ६८९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी उम्मेदवार देव बहादुर गुरुङलाई ५०४ मतान्तरले पराजित गरेका हुन् । पराजित देव बहादुर गुरुङले १८५ मत ल्याएका छन् ।
लोमन्थाङ गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार टसी न्हर्वु गुरुङ ६६८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार टसि गुरुङलाई १५४ मतान्तरले पराजित गरेका हुन् । पराजित टसि गुरुङले ५१४ मत ल्याएका छन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार रिङजीन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार आङ्जेन गुरुङलाई २९० मतान्तरले पराजित गरेका हुन् । पराजित आङ्जेन गुरुङले ५७७ मत ल्याएका छन्
प्रतिक्रिया