मुस्ताङमा सवै पालिकाको परिणाम सार्वजनिक : ४ पालिकामा एमाले, एकमा कांग्रेस विजयी

मुस्ताङ । मुस्ताङका सवै पालिकाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । जिल्लाका ५ पालिका मध्ये ४ पालिका एमालेले जितेर जिल्लामा पहिलो दल एमाले बनेको छ । एक पालिका कांग्रेसले जितेको छ । कांग्रेस मुस्ताङमा दोस्रो दलको रुपमा आएको छ ।
लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिका एमालेले जितेको हो । कांग्रेसले भने घरपझोङ गाउँपालिका जितेको छ ।
एमालेले थासाङ र घरपझोङमा उपाध्यक्ष पनि गुमाएको छ ।
अन्य जिल्लाको मतगणना भने अझै पनि जारी छ । यो जिल्लाको कुनै पनि पालिका माओवादी केन्द्रले जितेको छैन ।
घरपझोङ गाउँपालिकामा कांग्रेसका मोहन सिंह लालचन ७६० मत सहित विजयी भएका छन् । उनीसँग एमाले उम्मेदवार २ मतले मात्रै पराजित भएका थिए । एमालेका सन्जयकुमार थकालीले ७५८ मत पाएका थिए ।
यो पालिकाको उपाध्यक्ष पनि कांग्रेसले जितेको छ ।
थासाङ गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार प्रदिप गौचन १,१४४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बालकुमारी शेरचनलाई ८९ मतान्तरले पराजित गरेका हुन् । पराजित बालकुमारी शेरचनले १,०५५ मत ल्याएकी छन् ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार लोप्साङ छोम्पेल विष्ट ६८९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी उम्मेदवार देव बहादुर गुरुङलाई ५०४ मतान्तरले पराजित गरेका हुन् । पराजित देव बहादुर गुरुङले १८५ मत ल्याएका छन् ।
लोमन्थाङ गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार टसी न्हर्वु गुरुङ ६६८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार टसि गुरुङलाई १५४ मतान्तरले पराजित गरेका हुन् । पराजित टसि गुरुङले ५१४ मत ल्याएका छन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार रिङजीन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार आङ्जेन गुरुङलाई २९० मतान्तरले पराजित गरेका हुन् । पराजित आङ्जेन गुरुङले ५७७ मत ल्याएका छन्















लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
प्रतिक्रिया