भोलिदेखि ११ औँ संसद अधिवेशन शुरु हुँदै
मेरोन्यूज
२०७९ जेठ २ गते १६:५४

काठमाडौँ । संघीय संसदको ११ औँँ अधिवेशन भोलिदेखि शुरु हुँदै छ । १५ जेठमा आर्थिक वर्ष २०७९-०८० को आयव्यय (बजेट) प्रतिनिधिसभामा पेस गर्नु पर्ने संवैधानिक बाध्यता रहेकाले मंगलबार ११ औँ अधिवेशन आह्वान गरिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
नवौं र दशौं अधिवेशन प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच सम्पन्न भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया