एन्फा चुनावः पंकज समूहले आज उम्मेदवारी घोषणा गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ समूहले आज (शुक्रबार) उम्मेदवारी घोषणा गर्दैछन् ।
६ असारमा हुने चुनाबको लागि आजबाट उम्मेदवारी मिति सुरु भएको छ । एन्फा अध्यक्षका लागि पंकजले आफ्नो समूहको नेतृत्व गर्दै अध्यक्षमा उम्मेदवारी दिदैछन ।
यस्तै वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी दिने तयारी गरेका छन् । ललितपुर स्थित होटेल हिमालयमा यस समूहले पत्रकार सम्मेलन गर्दै साढे १२ बजे उम्मेदवारी दिदैछ ।
आजनै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालेसमेत उम्मेदवारी दिने भएका छन् ।
न्युज कारखानासँग अध्यक्ष शेर्पाले भने, ‘शुक्रबार अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै छु । अन्य पदका लागि साथीहरुसँग सल्लाह भइरहेको छ ।’
यस अघि २०७४ जेठमा कर्मा पहिलो पटक एन्फा अध्यक्षको रुपमा निर्वाचित भएका थिए ।
तर यसपटक उनैलाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्रतिद्वन्दीका रुपमा उत्रने तयारी गरेका हुन् ।
















अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया