कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ जेठ ९ गते ११:०७

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ सौनहवामा आइतबार बेलुकी दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु ७५ प ४१३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको तीन जना सवार लु ८ प १५०२ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका १५०२ नम्बरको मोटरसाइकल चालक कृष्णनगर नगरपालिका–१० बकौलीका २२ वर्षीय राजेशलाल चौरसियाको उपचारका क्रममा शिवराज अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका अर्को मोटरसाइकल चालक सहित चार जनाको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
सम्बन्धित
















न्युजिल्यान्डमा नोभेम्बर ७ मा आम निर्वाचन
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
बुधबार ९ अंकले घट्यो नेप्से, काराेबार रकममा पनि गिरावट
सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
प्रतिक्रिया