दुल्लु नगरपालिकाले ५० युवालाई ड्राइभिङ तालिम दिने

दैलेख । जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ । नगरपालिका भित्र रहेका ५० जना बेरोजगार युवालाई स्वरोजगार बनाउन मोटर ड्राइभिङ तालिम दिने भएको हो ।
युवाहरूको सीप तथा क्षमताको विकास गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको सुरुवात गरेको नगरप्रमुख भरतप्रसाद रिजालले बताए । दुल्लु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको निर्वाचनका बेला युवाहरूलाई रोजगारी दिने प्रमुख एजेन्डा थियो,’ उनले भने, ‘स्वही अनुसार पालिका भित्र रहेका बेरोजगार युवाहरूलाई सवारी चालक तालिमको सुरुवात गरिएको हो ।’
नगरपालिकामा रहेका १३ वडाका युवाबाट छनोट गरेर पहिलो चरणमा ५० जनालाई यो तालिम दिने र पछि पनि अन्य विभिन्न कार्यक्रमबाट नगरका युवालाई स्वरोजगार सम्बन्धी सिप सिकाउने लक्ष्य रहेको नगरप्रमुख रिजालले बताए ।
एक महिनासम्म युवालाई सवारी चालक तालिम दिएर सवारी चालक अनुमति पत्र सङ्गै प्रमाणपत्र प्नदान गरिनेछ ।
















नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया