लमजुङ कारागारका आठ कैदीलाई आममाफी

लमजुङ । लमजुङ कारागारमा रहेका आठ जना कैदीलाई आममाफी दिइएको छ । गणतन्त्र दिवसको अवसरमा कैद भुक्तान गरिरहेका ८ कैदीलाई आममाफी दिइएको हो । बिभिन्न घटनामा सङ्लग्न भई कारगार जेल चलान् भएका कैदलाई सरकारले गणतन्त्र दिबसको अबसरमा आममाफी दिएको हो ।
आममाफी हुनेमा खड्का बाहादुर कामी ,पुर्णबाहादुर गुरुङ, खड्का बाहादुर तामाङ, प्रकाश बुढाथोकी ,मानबहादुर परियार, सुब्बा परियार, विश्वमित्र घिमिरे र रेखबहादुर थापा रहेका छन् । सो अवसरमा ४० र ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरिसकेका र आचरणमा सुधार आएका कैदीहरुलाई आममाफी दिइएको हो ।
कारागारले गरेको सिफारिसका आधारमा आठ कैदीको बाँकी कैद सजाय राष्ट्रपतिले मिनाहा गरेकी हुन् । कैद मिनाहा पाउनेमा सवारी ज्यान मुद्धाका दुई जना, ज्यान मार्ने उद्योगका १ जना, बहुविवाह मुद्धाका एक जना र कर्तव्य ज्यान मुद्धाका ४ जना कैदी रहेको लमजुङ कारागारका जेलर सुवास केसीले जानकारी दिए । हाल लमजुङ कागारमा एक सय जना कैदबन्दी रहेका छन् । जसमा ७ जना महिला र ९३ जना पुरुष कैदीबन्दी रहेका छन् ।
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया