दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेकोमा दु: खी छाैं : तारा एयर

काठमाडौं । तारा एयरले दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएकोप्रति स्तब्ध भएको जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै तारा एयरले जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको भन्दै दु: ख व्यक्त गरेको हो। सोमबार बिहानैदेखि हवाई तथा स्थलमार्गबाट खोजी गर्दा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी जहाज मुस्ताङको घोडेपानीबाट जोमसोम टावरसँग अन्तिमपटक सम्पर्क भएको थियो।
तर तारा एयरले जहाज दुर्घटनाग्रस्त अवस्थामा १४ हजार ५०० फिटको उचाइमा मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा भेटिएको जनाएको छ। जहाजमा ३ जना चालक दलका सदस्य र १९ यात्रु गरी २२ जना थिए।
दुर्घटनामा परी मृत्यु भएकाहरूको उद्धारका लागि तीन जना नेपाली सेना र चार जना स्थानीयको टोलीले उद्धार कार्य जारी छ । अहिलेसम्म १६ जनाको उद्धार भएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया