दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेकोमा दु: खी छाैं : तारा एयर

काठमाडौं । तारा एयरले दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएकोप्रति स्तब्ध भएको जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै तारा एयरले जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको भन्दै दु: ख व्यक्त गरेको हो। सोमबार बिहानैदेखि हवाई तथा स्थलमार्गबाट खोजी गर्दा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी जहाज मुस्ताङको घोडेपानीबाट जोमसोम टावरसँग अन्तिमपटक सम्पर्क भएको थियो।
तर तारा एयरले जहाज दुर्घटनाग्रस्त अवस्थामा १४ हजार ५०० फिटको उचाइमा मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा भेटिएको जनाएको छ। जहाजमा ३ जना चालक दलका सदस्य र १९ यात्रु गरी २२ जना थिए।
दुर्घटनामा परी मृत्यु भएकाहरूको उद्धारका लागि तीन जना नेपाली सेना र चार जना स्थानीयको टोलीले उद्धार कार्य जारी छ । अहिलेसम्म १६ जनाको उद्धार भएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
















गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया