तारा एयर दुर्घटना : राजकुमारको परिवार मुक्तिनाथ पुग्न पाएनन्

जनकपुरधाम । तारा एयरको विमान दुर्घटनामा आइतबार धनुषाका एकै परिवारका सात जनाले ज्यान गुमाएका छन् । मिथिला नगरपालिका–११ लोटा टोलका राजनकुमार गोेलेसहित एकै परिवारका सात जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ छन् । मृतकमध्ये पुरुषोत्तम तामाङ्ग र तुलसादेवी काठमाडौं बस्दै आएका थिए । उनीहरु स्थानीय तह निर्वाचनका लागि भोट हाल्न गाउँ आएका थिए । राजनकुमारकी श्रीमती र छोराछोरी काठमाडौंमैै बस्ने भएकोले उनी पनि ओरहदोहर गरिरहन्थे ।
निर्वाचन सकिएपछि राजनकुमार पारिवारसहित शुक्रबार गाउँबाट पोखरा गएका थिए । शनिवार दिनभर पोखरामै बिताएका उनीहरू आइतबार बिहान मुक्तिनाथ दर्शन गर्न पोखराबाट मुस्ताङको जोमसोमका लागि तारा एयरको विमानमा चढेका थिए । मृतक राजनकुमारका बहिनी ज्वाई मदन लामाका अनुसार उनीहरू घरबाटै मुक्तिनाथ दर्शन गर्ने योजना बनाएर गएका थिए ।
यता, मिथिला नगरपालिका–११ का वडाध्यक्ष वेदबहादुर कार्कीले एकै परिवारका सात जनाको मृत्यु खबरले पुरै गाउँ शोकमा डुबेको बताए । ‘घटना भएको खबर पाएलगत्तै डर, भव्य थियो । कोही बाच्छन् की भन्ने आशा थियो । भागवानसँग हामीले प्रार्थना पनि गरिरहेका थियौं ।,’ वडाध्यक्ष कार्कीले भने, ‘तर, सोमबार बिहानै खबर आयो की विमानमा चढेका एक जना पनि रहेनन् ।’ उनीहरूको शव गाउँ ल्याउने अवस्थामा नरहेकोले र दाहासंस्कार उतै हुनसक्ने उनले बताए ।
यसैबीच, घटनाको जानकारी पाएलगत्तै मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो मृतकका परिवारजनको घरमा पुगेका छन् । मन्त्री महतो संघीय मन्त्री हुँदा राजनकुमार स्वकीय सचिव रहेका थिए ।
















संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया