अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यमा सिग्देल निर्वाचित

काठमाडौँ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल विश्वभरका पत्रकारको छाता संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन् ।
ओमानको राजधानी मस्कटमा जारी अन्तर्राष्ट्रिय पत्रकार महासंघको वल्र्ड कंग्रेसमा उनी आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएको सो भेलामा सहभागी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए ।
नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा नेपाली प्रेसले खेलेको भूमिकाको मूल्यांकन गर्दै अध्यक्ष सिग्देललाई एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गरी आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित गरिएको हो ।
आइएफजेको यो तहमा नेपालबाट निर्वाचित हुने युनियनका अध्यक्ष सिग्देल सम्भवतः पहिलो व्यक्ति भएको युनियनका कावा महासचिव भीष्मराज ओझाले बताए ।
प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । श्रमजिवी पत्रकारका हकहित र लोकतन्त्रका लागि योगदान गर्नेलगायत उद्देश्यका साथ युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको हो ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया