मृतक बिमित परिवारलाई युनियन लाइफले दियो १४ लाख

खोटाङ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु भएका बिमितका परिवारलाई बिमा रकम प्रदान गरेको छ । बिमा गरेर मलेसिया गएको अवस्थामा मृत्यु भएका केपिलासगढी गाउँपालिका -२ खार्ताम्छा घर भइ हाल दिक्तेलमा बसोबास गरिरहेका जितबहादुर बस्नेतको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानीबापत १४ लाख हस्तान्तरण गरेको हो ।
शुक्रबार दिक्तेलमा एक कार्यक्रम आयोजना गरेर कम्पनीका बागमती प्रदेश प्रमुख राजु श्रेष्ठले मृतक बिमितका श्रीमती सुर्जाकुमारी बस्नेतलाई मृत्यु दाबीबापत प्राप्त हुने कुमारी बैंकको चेक हस्तान्तरण गरेका हुन् ।
बस्नेतले वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया जानुअघि १३ फागुन २०७७ मा वैदेशिक रोजगार म्यादी जीवन बिमा गरेका थिए । बिमा गरेर मलेसिया पुगेका बस्नेतको २ असोज २०७८ मा मृत्यु भएको थियो ।
मृतक बिमितको बिमांक दाबी रकमबापत १० लाख, क्रिया खर्चबापत एक लाख, शव ल्याउँदाको खर्चबापत एक लाख र आय नोक्सानीवापत दुई लाख रकम उपलब्ध गराइएको कम्पनीका खोटाङ शाखा प्रमुख नरेन्द्र ढकालले बताए ।
दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक पदम बिष्ट, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका ओखलढुंगा शाखा प्रमुख तेजप्रसाद ढकाल, कम्पनीका खोटाङ एजेन्सी मेनेजर मनोज थापा, मृतक परिवारका छिमेकी चन्द्र कार्की लगायतको उपस्थितिमा मृत्यु दावी रकम हस्तान्तरण गरिएको हो ।













यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायूको आंशिक प्रभाव : आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
प्रतिक्रिया