बिहीबार, माघ ८, २०८२

एक करोड रुपैयाँ जरिवानासहित कैद सजाय सुनाइएका व्यक्ति पक्राउ

मेरोन्यूज २०७९ जेठ २० गते १८:०५

काठमाडौं । अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाईं रहेका छन् । उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यही ४ वैशाखमा एक करोड रूपैयाँ जरिवाना र एक महिनाको कैद सजाय गरेको थियो ।

उक्त फैसलापछि फरार रहेका चौलागाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले भिमसेनगोलाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चौलागाईंलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया