फ्रान्समा मंकीपक्सबाट संक्रमित हुने ५१ जना पुगे
मेरोन्यूज
२०७९ जेठ २१ गते ६:३५

पेरिस । फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन् । विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।
युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर मंकीपक्स संक्रमणका ७०० केस देखिएका छन् ।
फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन् । उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एक जनालाई मात्र अस्पताल भर्न गरिएको थियो । उनी संक्रमणमुक्त भएपछि डिस्चार्ज भइसकेका छन् ।
हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महशुस, हातखुट्टा र अनुहारमा राता फोका आउनु यो रोगका लक्षण हुन् । मध्य तथा पश्चिमी अफ्रिकामा यसले महामारीको रुप लिए पनि युरोप र उत्तर अफ्रिकामा भने संक्रमण सामान्य देखिएको छ ।
सम्बन्धित
















माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया