बलिउड अभिनेता शाहरुखमाथि पाँच अर्बको लगानी हुँदै

काठमाडौँ । सन् २०१८ रिलिज आनन्द एल रायको फिल्म ‘जीरो’पछि बलिउड अभिनेता शाहरुख खानले अभिनयबाट लामो ब्रेक लिए । तर, उनका फ्यानले उनलाई पुनः फिल्ममा हेर्नका लागि उत्साहित थिए ।
योसँगै शाहरुखले एकसाथ तीन फिल्मको घोषणा गरेका छन् । जसमा यशराज प्रोडक्सनको ब्यानरमा बनिरहेको एक्सन स्पाई फिल्म ‘पठान’, राजकुमार हिरानीको फिल्म ‘डंकी’ र दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमारको फिल्म ‘जवान’ छन् । केही दिनअघि मात्र उनले ‘जवान’को टिजर सार्वजनिक गरेका थिए ।
‘शाहरुख एक वर्षमा आफ्ना तीन फिल्मका साथ दर्शकमाझ आउने छन्, यी फिल्मको बजेट उच्च छ, तीन फिल्मको कूल बजेट करिब ५०० करोड (पाँच अर्ब)सम्म छ । शाहरुखको स्टारडमलाई हेर्दै निर्माताले उनको फिल्ममा लगानी गर्न कुनै कसुर बाँकी राखेका छैनन्,’ स्रोतले भनेको छ ।
फिल्म ‘पठान’ २५ जनवरी २०२३ मा रिलिज हुँदै छ । फिल्ममा शाहहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया प्रमुख भूमिकामा छन् । फिल्ममा सलमान खानको केमियो पनि छ ।
फिल्म ‘डंकी’मा पहिलोपटक अभिनेत्री तापसी पन्नु शाहरुखसँग रोमान्स गर्दै छिन् । राजकुमार हिरानीको निर्देशन रहने फिल्म कमेडीसँगै इमोसनल ड्रामा फ्लेभरको हुने छ । फिल्म २२ डिसेम्बर, २०२३ मा रिलिज हुनेछ ।
फिल्म ‘जवान’मा शाहरुखका अलावा नयनतारा, सान्या मल्होत्रा, सुनिल ग्रोवरलगायतका कलाकारको अभिनय छ । फिल्म २ जुन २०२३ मा रिलिज हुँदै छ ।
















लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
इरानले विश्वकप खेल्ने, अघि सा-यो १० सर्त
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया