आईजीपी सिंहले दिए खर्च अनुगमन टोलीलाई निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनमा विनियोजित बजेट नियमानुसार कार्यक्रम सञ्चालन भए/नभएबारे सुक्ष्म र वस्तुनिष्ठ अनुगमन तथा मूल्यांकन गर्न आठ अनुगमन टोलीलाई निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा उनले विनियोजित बजेटमा तोकिएको मापदण्ड अनुरूप कार्यक्रम सञ्चालन भए, नभएबारे प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।
आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक खर्चको लेखा दुरूस्त राखे/नराखेको लगायतका विविध आर्थिक विषयमा अनुगमन गरी प्रतिवेदन ल्याउन महानिरीक्षक सिंहले निर्देशन दिए ।
टोलीलाई स्थानीय तह निर्वाचन २०७९ मा बजेट सञ्चालन गर्ने नेपाल प्रहरीका विभिन्न कार्यालयलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन/नियम तथा प्रहरी प्रधान कार्यालयबाट समय समयमा जारी निर्देशिका र परिपत्र बमोजिम मितव्ययी, प्रभावकारी एवं पारदर्शी ढंगबाट सम्पादन भएको नभएकोबारे अनुगमन गर्ने जिम्मेवारी छ ।
यस्तै, म्यादी प्रहरी नियुक्ति तथा सुविधा, निर्वाचन शान्ति सुरक्षा कायम गर्न परिचालन अवस्थाको स्थलगत अनुगमन, पृष्ठपोषण तथा सिफारिस प्रयोजनका लागि अनुगमन टोली परिचालन गरिएको हो ।
प्रहरी प्रधान कार्यालय तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालय सातवटै प्रदेश प्रहरी कार्यालय तथा मातहतका सबै जिल्ला प्रहरी कार्यालयमा खटिइ जान लागेका प्रहरी अधिकृतसहितका आठै टोलीले जेठ २३ गतेदेखि असार १ गतेसम्म अनुगमन गरी प्रतिवेदन पेश गर्नु पर्ने छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया