१० किलो अफिम छाडेर भाग्ने पूर्व वडा सदस्य महिला पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ ।
विसं २०७७ मंसिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका १ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दश किलो अफिम छाडेर फरार भएकी घर्ती मगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
३३ वर्षीया घर्तीमगर पुथाउत्तरगंगा २ की पूर्व वडा सदस्यसमेत हुन् । आफ्नो नामथर परिवर्तन गरी गेष्ट हाउसमा बसेकी उनी अफिमसहित तौल गर्न प्रयोग हुने डिजिटल काँटा, सिक्का, सिमकार्ड, मोबाइल, कपडालगायत सामग्री त्यहीँ छाडेर फरार भएकी थिइन् ।
घटनालगत्तै प्रहरीले अफिमलगायत सामग्री बरामद गरी फरार घर्तीमगरको खोजी सुरु गरेको थियो । खोजतलासका क्रममा डेढ वर्षपछि रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ बाट उनलाई नियन्त्रणमा लिइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राईले बताए ।
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया