१० किलो अफिम छाडेर भाग्ने पूर्व वडा सदस्य महिला पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ ।
विसं २०७७ मंसिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका १ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दश किलो अफिम छाडेर फरार भएकी घर्ती मगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
३३ वर्षीया घर्तीमगर पुथाउत्तरगंगा २ की पूर्व वडा सदस्यसमेत हुन् । आफ्नो नामथर परिवर्तन गरी गेष्ट हाउसमा बसेकी उनी अफिमसहित तौल गर्न प्रयोग हुने डिजिटल काँटा, सिक्का, सिमकार्ड, मोबाइल, कपडालगायत सामग्री त्यहीँ छाडेर फरार भएकी थिइन् ।
घटनालगत्तै प्रहरीले अफिमलगायत सामग्री बरामद गरी फरार घर्तीमगरको खोजी सुरु गरेको थियो । खोजतलासका क्रममा डेढ वर्षपछि रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ बाट उनलाई नियन्त्रणमा लिइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राईले बताए ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया