लोहोरो हानेर श्रीमानको हत्या, श्रीमती पक्राउ
मेरोन्यूज
२०७९ जेठ २३ गते १९:४६
काठमाडौँ । दाङमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगर १४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पंकज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ ।
आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।
सम्बन्धित
















नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया