एक करोडभन्दा बढीको बैंकिङ कसुर मुद्दामा दुई महिला पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले बैंकिङ कसुरमा फरार दुई महिला पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा झुक्याएर चेक दिएर बैंकिङ कसुर गर्ने दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी घर भई काठमाडौँको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक घर भई काठमाडौँको बानेश्वर बस्ने ३९ वर्षीय लिना श्रेष्ठ गिरी रहेका छन् ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जाहेरवालालाई झुक्यानमा पारेर खातामा रकम नभएको चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेकाले उनीहरूलाई पक्राउ गरेको बताए ।
उच्च अदालत पाटनले पक्राउ परेकी सुब्बालाई विसं २०७६ फागुनमा १५ दिन कैद सजाय र ५० लाख जरिवाना गरेको थियो । यस्तै, गिरीलाई विसं २०७६ माघमा १५ दिन कैद सजाय र ५४ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो ।
अदालतले उनीहरुलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद र सजाय हुने फैसला सुनाएको थियो ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया