एचसीआरसी अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवा सुरू

काठमाडौँ । नेपालगञ्जको चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिने सेवा सुरू भएको छ । अस्पतालमा इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा सुरू भएको हो ।
अनलाइन अपोइन्टमेन्ट प्लेटफर्ममार्फत दर्ता र डाक्टरसँग भेट्न सजिलो बनाइएको छ । इसेवा मोबाइल वालेट एपभित्रबाटै डाक्टरको अपोइन्टमेन्ट मिति बुक गर्न र डिजिटल रुपमा भुक्तानी गर्न सजिलो छ ।
अपोइन्टमेन्ट प्रणालीले कर्मचारी र बिरामीका लागि बिरामीको फलोअपका साथै कम समय लाग्ने छ । जसले अस्पताल र स्वास्थ्य संस्थामा हालको कोभिड १९ को महामारीबाट उत्पन्न हुने जोखिमलाई पनि कम गर्दछ ।
कोजेण्ट हेल्थ प्रा.लि. स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।
कोजेन्ट हेल्थ र ईसेवाद्वारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्टलगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधि नेपालभर सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थामा प्रयोग भइरहेका छन् ।


















पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया