चितवनमा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ जेठ २५ गते ८:२०

चितवन । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारमा सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नंको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नंको ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार चेपाङको घटनास्थलमै मृत्यु भएको हो । ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको अधिकारीले बताए । रासस
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया