६२ लाख रुपैयाँ बैकिङ कसुरमा फरार अभियुक्त पक्राउ
मेरोन्यूज
२०७९ जेठ २५ गते १९:११

काठमाडौं । करिब ६२ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार दोलखाको कालिञ्चोक घर घई हाल काठमाडौँको थानकोट बस्दै आएका ३४ वर्षीय अमर बहादुर तामाङलाई पक्राउ परेका हुन् ।
सविनमाया तामाङको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दोलखाको कालिञ्चोक गाउँपालिका घर भई हाल काठमाडौँको थानकोट बस्ने ३४ वर्षीय अमर बहादुर तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा ६२ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।
त्यसपछि फरार रहेका तामाङलाई मंगलबार काठमाडौँको माकलबारीबाट पक्राउ गरी थप अनुसन्धानको लागि बुधबार जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया