त्रिभुवन विश्वविद्यालय पुग्दा आँखाबाट आँसु झर्यो : अखिलका पूर्वअध्यक्ष न्यौपाने

काठमाडौँ । अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले त्रिभुवन विश्वविद्यालयमा लागेको तालाबन्दीलाई लिएर प्रधानमन्त्रीसँग प्रश्न गरेका छन् । गत माघदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा कुलपतिसमेत रहेका प्रधानमन्त्री मौन बस्न नुहने बताए ।
‘हामीले पढेको विश्वविद्यालय भनेर गर्व गर्ने गरिएको त्रिभुवन विश्वविद्यालय परिसरमा आज पुग्दा र त्यहाँका शिक्षक एवं प्रशासनसँग छलफल गर्दा आँखाबाट तपतप आँसु झर्यो, माघदेखि विश्वविद्यालयमा तालाबन्दी छ, न तालाबन्दी गर्ने पक्ष जिम्मेवार छ, न विश्वविद्यालय प्रशासन, न त सरकार नै,’ दुःख व्यक्त गर्दै उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखे ।
नेता न्यौपानले प्रधानमन्त्री कुलपति भएको विश्वविद्यालयमा प्रधानमन्त्रीकै पार्टीका विद्यार्थी संगठनले तालाबन्दी गर्दा लाचार र बेमतलबी ढंगले बसेको आरोप लगाए । ‘बेमतलबी ढंगले गरेको तालाबन्दीलाई चासोका साथ सम्बोधन गर्न नसक्ने लाचार कुलपतिले बोल्नु पर्दैन ? कार्यकारी जिम्मा पाएका उपकुलपतिले विश्वविद्यालय संचालन गर्नु पर्दैन ? शिक्षक भर्तीमा मन लाग्दी छ, परीक्षामा ढिलासुस्ती मात्र होइन, अविश्वसनीयता र अपारदर्शीता संगठित भइरहेको लाजको विषयको जिम्मा लिने कसले हो ?,’ उनले भने ।
उनले एक विश्वविद्यालयको विज्ञान संकायका डिनले झरीमा रुज्दै कागज पत्रमा हस्ताक्षर गरेको दृश्यले देशको पुरानो र ठूलो विश्वविद्यालयको हालत झल्काएको बताए ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया