स्केफ नेपालको पुल डिजाइन तालिम सम्पन्न

काठमाडौं । स्केफ नेपालको पुल डिजाइन तालिम सम्पन्न भएको छ। सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल इन्जिनियरिङ फिर्म्स (स्केफ) नेपालले निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसाय विकास परिषद्को सहयोगमा पुल डिजाइसम्बन्धी तालिम सम्पन्न भएको हो।
स्वीस सरकारको प्राविधिक सहयोगमा सञ्चालित स्थानीय सडक तथा पुल सहयोग ईकाइ अन्तर्गतको मोटरेबल स्थानीय सडक तथा पुल आयोजनाको प्राविधिक सहयोगमा पाँच दिने पुल डिजाइन सम्बन्धी तालिम सम्पन्न भएको जनाइएको छ।
यो तालिम पुल डिजाइन, निर्माण र सुपरिवेक्षण संलग्न हुन चाहाने तर खासै विशेशज्ञता नभएका सुरुवाती ज्ञान हासिल गर्न चाहाने ईन्जिनियरहरुलाई लक्षित गरेर आयोजना गरिएको थियो।
यसै क्रममा स्केफ नेपाल र एलआरबीएसयूबीच नेपाली इन्जिनियरहरूको क्षमता अभिवृद्धिकरणको लागि निरन्तर रुपमा यस्ता खालका तालिमहरु आयोजना गर्न सहमति पत्रमा हस्ताक्षरसमेत गरिएको छ। उक्त सहमति पत्रमा स्केफ, नेपालका महासचिव ई. कमल कार्की र एलआरबीएसयूका टिम लिडर ई. सकिल मानन्धरले हस्ताक्षर गरेका हुन्।













लागुऔषधसहित तीन जना पक्राउ
यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया