शनिबार, पुष २६, २०८२

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

मेरोन्यूज २०७९ जेठ २७ गते १७:४५

काठमाडौँ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ सुरु भएको सिभिल बैंकले मोरङको सुन्दरहरैँचा नगरपालिका ३ गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन राष्ट्रिय सभा सदस्य माननीय रमेश जंग रायमाझीेले गरेका थिए ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि माननिय रमेश जंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख संचालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्पmत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलै गर्न सक्ने छन । बैंकले ११५ शाखामार्पmत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया