सिटिजन्स बैंक र मनकामना अस्पतालबीच सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक र भरतपुरस्थित मनकामना अस्पतालबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने सम्झता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डबाहकले मनकामना अस्पतालका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकको सुविधालाई ध्यानमा राखेर नेपालभित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था बैंकले विभिन्न बचत खातामा गरेको छ ।
आफ्ना ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि बैंकले कियोस्क ई.के.वाई.सी. तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुविधाको सुरुवात गरिसकेको छ ।
हाल बैंकले देशभरबाट १७४ वटा शाखा, १२५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सुविधा दिँदै आएको छ ।


















भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया