बैतडीमा जीप दुर्घटना, १ जना घाइते
मेरोन्यूज
२०७९ जेठ २८ गते ९:४९

बैतडी । बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो ।
इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । घाइतेको परिचय खुलेको छैन ।
खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दुर्घंटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया