काठमाडौंको बौद्धस्थित गेष्ट हाउसमा २४ वर्षीया महिलाको सामूहिक बलात्कार

काठमाडौं । काठमाडौंमा २४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका–६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका–४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ घर भएका लुङ्ता गेस्ट हाउसका संचालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् ।
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङता गेस्ट हाउसमा ती महिलालाई आइतबार चार जना पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई बौद्धस्थित विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
उनीहरु उपर जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
















अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया