विक्रमको कमाई केमा खर्च गर्दैछन् कमल हासन ?

मुम्बई । दक्षिण भारतीय सुपरस्टर कमल हासनले आफूमा अझै पनि अभिनयको क्षमता कायमै छ भन्ने कुरा हालै रिलिज फिल्म ‘विक्रम’को सफलताबाट प्रमाणित गरिसकेका छन् । लोकेश कनगराजको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड बढी कमाएको छ ।
कमल फिल्मको सफलताले खुशी छन् । उनले यो फिल्म आफ्नो प्रोडक्सन कम्पनी राज कमल फिल्मस इन्टरनेसनलको व्यानरमा निर्माण गरेका हुन् । फिल्मले दिनानुदिन सफलता पाइरहँदा सफलताबाट प्राप्त पैसा कमलले के गर्छन् भन्ने जनचासो बढ्दो छ । यही विषयमा उनले मुख खोलेका छन् ।
‘म आफ्नो ऋण तिर्नेछु । म मन भरेर खान्छु र आफ्ना परिवार तथा साथीहरुलाई जे दिनसक्छु त्यो दिन्छु । यति गर्दा मेरो सबै पैसा सकियो भने म भन्नेछु कि अब मसँग केही छैन । अब मलाई दोस्रो व्यक्तिलाई सहयोग गर्न तेस्रो व्यक्तिबाट सहयोगको आश गर्नु छैन । मलाई कुनै विशेष उपनाम पनि चाहिएन । मेरो इच्छा भनेकै मान्छे बन्नु हो’, कमलले भनेका छन् ।
फिल्म ‘विक्रम’ सन् १९८६ मा रिलिज फिल्म ‘विक्रम’को सिक्वेल हो । यो फिल्ममा कमलले एजेन्ट विक्रमको भूमिका निभाएका थिए । यो फिल्मको सफलतापछि कमलले तेस्रो सिक्वेलको तयारी गर्दैछन् । फिल्ममा विजय सेतुपति, फहद फासिल र सूर्याको पनि अभिनय छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया