थाइल्याण्डमा कोभिड प्रतिबन्ध खकुलो बनाइँदै, अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्यो

थाइल्यान्ड । थाइल्याण्डले मानिसहरूलाई बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने नियमहरू हटाएको छ । कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ । संक्रमण घटेसँगै पर्यटकहरुलाई आकर्षित गर्ने पहलस्वरुप सरकारले पछिल्लो कदम चालेको हो ।
डेल्टा भेरियन्ट व्यापक रूपमा फैलिरहेका बेला सन् २०२१ को मध्यदेखि थाइल्यान्डमा सार्वजनिक रूपमा फेसमास्कहरू अनिवार्य गरिएको थियो । तर, महामारी कम भएपछि, पर्यटनमा निर्भर थाइल्यान्डले पर्यटकहरुको संख्या बढाउनको लागि बिस्तारै कोभिड प्रतिबन्धहरू खुकुलो बनाएको हो । यसअघि कम्बोडिया र सिंगापुरमा फेसमास्क लगाउनुपर्ने नियम हटाइएको थियो ।
थाई कोभिड टास्कफोर्सका प्रवक्ता तावीसिन भिसानुयोथिनले घरबारि बाहिर मास्क लगाउनु स्वैच्छिक हुने बताए । तर, अझै भीडभाड हुने क्षेत्र, मनोरन्जन स्थल र सार्वजनिक यातायातमा भने लगाउन सुझाव दिइएको छ । स्वास्थ्य मन्त्रालयले मास्क छुटको थप विवरणहरू घोषणा गर्ने उनले बताए ।
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया