थाइल्याण्डमा कोभिड प्रतिबन्ध खकुलो बनाइँदै, अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्यो

थाइल्यान्ड । थाइल्याण्डले मानिसहरूलाई बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने नियमहरू हटाएको छ । कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ । संक्रमण घटेसँगै पर्यटकहरुलाई आकर्षित गर्ने पहलस्वरुप सरकारले पछिल्लो कदम चालेको हो ।
डेल्टा भेरियन्ट व्यापक रूपमा फैलिरहेका बेला सन् २०२१ को मध्यदेखि थाइल्यान्डमा सार्वजनिक रूपमा फेसमास्कहरू अनिवार्य गरिएको थियो । तर, महामारी कम भएपछि, पर्यटनमा निर्भर थाइल्यान्डले पर्यटकहरुको संख्या बढाउनको लागि बिस्तारै कोभिड प्रतिबन्धहरू खुकुलो बनाएको हो । यसअघि कम्बोडिया र सिंगापुरमा फेसमास्क लगाउनुपर्ने नियम हटाइएको थियो ।
थाई कोभिड टास्कफोर्सका प्रवक्ता तावीसिन भिसानुयोथिनले घरबारि बाहिर मास्क लगाउनु स्वैच्छिक हुने बताए । तर, अझै भीडभाड हुने क्षेत्र, मनोरन्जन स्थल र सार्वजनिक यातायातमा भने लगाउन सुझाव दिइएको छ । स्वास्थ्य मन्त्रालयले मास्क छुटको थप विवरणहरू घोषणा गर्ने उनले बताए ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया