सोमबार, पुष २८, २०८२

आज मेष राशिलाई धनलाभ हुनेछ, तपाईंको दिन कस्तो ?

मेरोन्यूज २०७९ असार ५ गते ६:१६

आज ५ असार, २०७९ आइतबार । १९ जुन २०२२ । असार कृष्णपक्ष पञ्चमी तिथि, गर करण, धनिष्ठा नक्षत्र, विष्कुभ्भ योग, चन्द्रमा कुम्भ राशिमा छ । आज बिहान सूर्योदय ५ः०९ मा भएको छ भने सूर्यास्त ७ः०२ मा हुने छ ।

आइतबा बिहान सूर्योदयको दर्शन गरेर काम गर्दा साताका अन्य दिन पनि शुभ हुने मान्यता छ । आजका देवता यमराज र ग्रहदेव शनि हुन् । आइतबार व्यापार व्यवसायको शुरुवात गर्न शुभ छ । यद्यपि, हिजोदेखि पञ्चक सुरु भएकाले शुभ कार्य पञ्चक समाप्त भएपछि गर्न सकिन्छ ।

मेष

मेष राशिका जातकका लागि धनलाभ हुनसक्छ । व्यापार व्यवसायबाट पनि लाभ हुनेछ । दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दासमेत सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला । आजको दिन नयाँ काम नगर्नुहोला ।

वृष

विगतमा गरेका कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।

मिथुन

आज मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेक कुराका सकारात्मक सोच राखेका काम गर्नु पर्नेछ ।

कर्कट

मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनेछ । परिवारका सदस्यसँग पनि विवाद हुने कुरा नगर्नुहोला । मौन रहनु उत्तर हुनेछ ।

सिंह

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि व्यवधान आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आज कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या

मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । मित्र मण्डलीसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर काम गर्नुहोला । देवालय र शिवालयको यात्राले मनमा शान्ति हुनेछ ।

तुला

आज सुरु गरेको काम सफल हुनेछ । व्यापारव्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख समृद्धि प्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ । अर्थलाभ समेत हुनेछ । कसैलाई सापटी दिनुभएको धन समेत प्राप्त हुने योग रहेको छ ।

वृश्चिक

आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा फाइदा हुनेछ । आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु

बिहान सूर्यको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नु होला । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्री जातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । आजको दिन घरका श्रेष्ठ, जेष्ठ व्यक्तिको आशीर्वाद लिएर काम गर्नु वेश हुनेछ ।

मकर

आज सामाजिक मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले समाजिक सेवाभाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा परिवार र समाजमा आदरभाव बढ्ने छ । मकर राशि भएका व्यवसायीले घरका श्रेष्ठ आभिभावकलाई नयाँ बस्त्र दिनुहोला ।

कुम्भ

मन आज निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालय दर्शनले मनोकाक्षा पुरा हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

मीन

स्वास्थ्यमा ख्याल राख्नुहोला । आकस्मिक संकट छाउने छ । मनमा भय भए पनि आज देवताको स्मरण गर्दा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र आफ्नो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला । परिवारका श्रेष्ठ सदस्यलाई मिष्ठान भोजन दिनु होला ।

प्रतिक्रिया