चिनियाँ सहरमा टेस्लाका कारमा प्रतिबन्ध

बेइजिङ । जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन् । यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ ।
ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हरेक वर्ष हेबेई प्रान्तको रिसोर्ट सहरमा आयोजना गरिन्छ । बैठकमा अघिल्लो पुस्ताका चिनियाँ नेता मुख्य घरेलु मुद्दामा अनौपचारिक वातावरणमा भेला हुन्छन् । यो बैठक हरेक वर्ष जुनको अन्त्यदेखि अगस्टको सुरुमा बस्छ ।
टेस्ला कारमा जडान गरिएका क्यामेराले जासुसी गर्न सक्ने आशंकामा प्रतिबन्ध लगाइएको जनाइएको छ । टेस्लाको तेस्रो मोडलमा ८ ओटा क्यामेरा तथा मिलिमिटर–वेभ राडार र १२ अल्ट्रासोनिक सेन्सर जडान गरिएका छन् ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया