बिहीबार, फागुन २८, २०८२

स्माटच्वाईस टेक्नोलोजिज र मोरू डिजिटल वालेटवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालन

मेरोन्यूज २०७९ असार ८ गते १७:५०

काठमाडौँ । नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र मोरु डिजिटल वालेट बिच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिगत २० वर्षदेखि नेपाली मन र मुटुमा राज गर्दै कार्ड लगायत भुक्तानीका बिभिन्न सेवा दिदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र विश्वसनीय र सरल भुक्तानी सेवा दिने अठोट बोकेको मोरू डिजिटल वालेट बिच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौतासंगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले १६०,००० स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन भने मोरू वालेट मार्फत बिभिन्न ब्यापार—ब्यबसाय मा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् । उत्कृष्ट प्रविधिले बनेको फाइनान्सियल स्विच मार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले इ.एम.भि स्ट्यान्डर्डमा आधारित स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

पे नेप (मोरू) कोे कार्यलयमा आयोजित कार्यक्रमका विच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री आशितोष साह बिच स्मार्ट क्यूआर सेवा संचालन सम्झौतामा हस्ताक्षर भएको होे ।

प्रतिक्रिया