‘सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ पत्रकार पबित्रा सुनारलाई

काठमाडौं । सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट नागरिक दैनिककी स्वास्थ्य पत्रकार पबित्रा सुनार पुरस्कृत भएकी छिन्।
बुधबार काठमाडौँ आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र फाउण्डेसनी अध्यक्ष डा.सुधा देवकोटाले सुनारलाई उक्त पुरस्कार हस्तान्तरण गरे । फाउण्डेसनले स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा गत वर्ष देखि नै उक्त पुरस्कार स्थापना गरी हस्तान्तरण गर्दै आएको छ ।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय सुनार ३० हजार रुपैयाँ राशी र प्रमाणपत्र सहित पुरस्कृत भएकी हुन् ।
त्यसैगरी, स्वास्थ्य राज्यमन्त्री खापुङले पत्रकारहरुले जोखिम मोलेर विभिन्न समयमा काम गरेको भन्दै प्रशंसा गरे। स्वास्थ्य क्षेत्रमा अझै पनि अग्रसर भएर कलम चलाउन राज्यमन्त्री खापुङको आग्रह गरे ।
फाउण्डेसनकी अध्यक्ष डा. देवकोटाले स्वास्थ्य पत्रकारितामा योगदान दिएको भन्दै सुनारलाई उक्त पुरस्कार प्रदान गरिएको बताईन् ।
उनले स्वर्गीय बुवा सुदर्शन देवकोटाको सम्झनामा वर्षेनी उक्त पुरस्कार प्रदान गरिने बताइन् । बुवाबाट प्रेरित भएका कारण पत्रकारिता क्षेत्रको महत्व बुझेको र पत्रकारिताको सम्मान स्वरुप उक्त पुरस्कार स्थापना गरिएको उनले बताइन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानले यस किसिमको पत्रकारिता पुरस्कारले पत्रकारहरुलाई काम गर्न थप हौसला मिल्ने बताए।
कार्यक्रममा बरिष्ठ पत्रकार एवं कान्तिपुर राष्ट्रिय दैनिकका सम्पादक उमेश चौहानले स्वास्थ्य पत्रकारिताको महत्वको चर्चा गर्दै मानव जीवनसंग जोडिएका प्राथमिकताका साथ उठाउन स्वास्थ्य पत्रकारलाई आग्रह गरे ।
कार्यक्रममा फाउन्डेशनका तेजकुमार बास्तोलाले स्वास्थ्य पत्रकारिताको महत्व र यसमा क्रियाशिल पत्रकारलाई प्रोत्साहित गर्न आफूहरुले मञ्चसंग मिलेर बार्षिक रुपमा पुरस्कार वितरण गर्न सुरु गरेको बताए ।
यो पुरस्कारबाट गतवर्ष एपीवान टेलिभिजनकी स्वास्थ्य पत्रकार सपना पौडेल पुरस्कृत भएकी थिइन्
















पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया