पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल
मेरोन्यूज
२०७९ असार ९ गते १९:४३

पोखरा । पोखरामा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार ५० वर्षीया महिलाको मिर्गौला ट्रान्सप्लान्ट गरिएको हो ।
प्रतिष्ठानका निर्देशक भरत खत्रीले करिव एक वर्षअघिदेखि तयारी थालिएको बताए । ‘गतसालको असारदेखि प्रयास गरेका थियौं । अहिले सफल भयौ,’ उनले भने, ‘अब नियमित रुपमा ट्रान्सप्लान्ट गर्न सक्छौं ।’ ती महिला पाँच वर्षदखि मिर्गौला पीडित थिइन् ।
प्रतिष्ठानबाट दैनिक ३० जनाको डायलोसिस् हुँदै आएको छ । ती महिलालाई उनकै ५१ वर्षीय श्रीमानले मिर्गौला दिएका हुन् । काठमाडौंबाट आएका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाई, डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीलगायतका मेडिकल टिमले प्रत्यारोपण गरेको हो ।
सम्बन्धित
















माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया