पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल
मेरोन्यूज
२०७९ असार ९ गते १९:४३

पोखरा । पोखरामा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार ५० वर्षीया महिलाको मिर्गौला ट्रान्सप्लान्ट गरिएको हो ।
प्रतिष्ठानका निर्देशक भरत खत्रीले करिव एक वर्षअघिदेखि तयारी थालिएको बताए । ‘गतसालको असारदेखि प्रयास गरेका थियौं । अहिले सफल भयौ,’ उनले भने, ‘अब नियमित रुपमा ट्रान्सप्लान्ट गर्न सक्छौं ।’ ती महिला पाँच वर्षदखि मिर्गौला पीडित थिइन् ।
प्रतिष्ठानबाट दैनिक ३० जनाको डायलोसिस् हुँदै आएको छ । ती महिलालाई उनकै ५१ वर्षीय श्रीमानले मिर्गौला दिएका हुन् । काठमाडौंबाट आएका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाई, डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीलगायतका मेडिकल टिमले प्रत्यारोपण गरेको हो ।
सम्बन्धित
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया