अस्मिनाको उत्कृष्ट बलिङ, नेपाललाई एसिया कपमा स्थान बनाउन ८२ को लक्ष्य

काठमाडौं । एसीसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनायो।
यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । इशा रोहितले १५ रन, छाया मुघलले १४ रन तथा खुसी शर्मा १२ रनको योगदान गरिन् ।
नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन् । अन्तिम समय अश्मिना ह्याट्रिक नजिक रहेकी थिइन् । यस्तै इन्दु बर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।
नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।
नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।
यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।
यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् ।
















बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया