एकीकृत समाजवादीमा तनाव : मन्त्री फेर्ने निर्णयमा १० सांसदको असहमति (पत्रसहित)
पार्टीमा देखिएका तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा तनाव सिर्जना भएको छ । गत जेठ २२ गते अहिले सरकारमा रहेका मन्त्री फेर्ने र नयाँ मन्त्री पठाउने निर्णय गदै एकीकृत समाजवादीले नयाँ बन्ने मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरवहादुर देउवालाई बुझाएका थिए ।
तर सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको नेतृत्वमा नेकपा नेकपा एकीकृत समाजवादी ९एस०मा उक्त निर्णयको विरोधमा विद्रोह सुरु भएको छ ।
सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउने नेकपा एकीकृत समाजवादीको निर्णयप्रति स्वास्थ्यमन्त्री विरोध खतिवडासहित १० सांसदले असहमति जनाउँदै विद्रोह गरेका हुन् । उनीहरूले बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रिमण्डल पुनर्गगठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने जनाउँदै पार्टी अध्यक्ष माधव कुमार नेपाललाई निवेदन दिएका छन् । असार ९ गते अध्यक्ष नेपाललाई उनहिरुले असहमति पत्र सहितको निवेदन वुझाएका हुन् ।
सांसद समेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले तत्काल संसदीय दलको निर्णय बोलाउन निवेदन दिएका हुन् । त्यस्तै सांसद कृष्ण लाल महर्जन गोपल बहादुर बम, विना देवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैसीले पार्टीले गरेको मन्त्री फिर्ता बोलाउने निर्णयमा असहमति जनाउका छन् ।
‘पूर्व जानकारी पाउँदा स्वभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापी ठिक मान्न सकिँदैन ।’, एकीकृत समाजवादीका १० सांसदले नेपाललाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
स्थायी कमिटीको बैठकमा बजेट पास भएपछि गठवन्धनमा रहेका दलहरूसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्षविपरीत पटक पटक आजै र भोली नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दवाब किमार्थ राम्रो मान्न नसकिने १० सांसदको ठहर छ ।
उनीहरुले पार्टीमा देखिएका तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन पनि माग गरेका छन् ।
यस्तो छ पत्र


















गगन उम्मेदवार रहेकाे सर्लाही-४काे मतगणना सुरु
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया