एकीकृत समाजवादीमा तनाव : मन्त्री फेर्ने निर्णयमा १० सांसदको असहमति (पत्रसहित)
पार्टीमा देखिएका तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा तनाव सिर्जना भएको छ । गत जेठ २२ गते अहिले सरकारमा रहेका मन्त्री फेर्ने र नयाँ मन्त्री पठाउने निर्णय गदै एकीकृत समाजवादीले नयाँ बन्ने मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरवहादुर देउवालाई बुझाएका थिए ।
तर सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको नेतृत्वमा नेकपा नेकपा एकीकृत समाजवादी ९एस०मा उक्त निर्णयको विरोधमा विद्रोह सुरु भएको छ ।
सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउने नेकपा एकीकृत समाजवादीको निर्णयप्रति स्वास्थ्यमन्त्री विरोध खतिवडासहित १० सांसदले असहमति जनाउँदै विद्रोह गरेका हुन् । उनीहरूले बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रिमण्डल पुनर्गगठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने जनाउँदै पार्टी अध्यक्ष माधव कुमार नेपाललाई निवेदन दिएका छन् । असार ९ गते अध्यक्ष नेपाललाई उनहिरुले असहमति पत्र सहितको निवेदन वुझाएका हुन् ।
सांसद समेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले तत्काल संसदीय दलको निर्णय बोलाउन निवेदन दिएका हुन् । त्यस्तै सांसद कृष्ण लाल महर्जन गोपल बहादुर बम, विना देवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैसीले पार्टीले गरेको मन्त्री फिर्ता बोलाउने निर्णयमा असहमति जनाउका छन् ।
‘पूर्व जानकारी पाउँदा स्वभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापी ठिक मान्न सकिँदैन ।’, एकीकृत समाजवादीका १० सांसदले नेपाललाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
स्थायी कमिटीको बैठकमा बजेट पास भएपछि गठवन्धनमा रहेका दलहरूसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्षविपरीत पटक पटक आजै र भोली नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दवाब किमार्थ राम्रो मान्न नसकिने १० सांसदको ठहर छ ।
उनीहरुले पार्टीमा देखिएका तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन पनि माग गरेका छन् ।
यस्तो छ पत्र


















काराेबारसँगै बढ्यो सेयर बजार
जाँचबुझ आयोगको समय २० दिन थप
झापाका ९५ मतदानस्थल अति संवेदनशील
कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिक्रिया