एनएमबि बैंकका ग्रहकहरुलाई भाटभटेनी, धनगढीमा किनमेल गर्दा फाइदै फाइदा

एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी eNMB (ओम्नि च्यानल) भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकहरूले १०५ वा रु।५०० सम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ ।
यो योजना २६ जुन, २०२२ देखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुँदैछ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो ।
यो अभियान मुख्यतया प्रदेश ७, धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी ल्याइएको हो ।
एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।













नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कोरला नाकामा ठूलो परिमाणमा भेप बरामद
कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया