सोमबार, पुष २८, २०८२

टीभीएस बाइकको नयाँ मोडल सार्वजनिक

मेरोन्यूज २०७९ असार १० गते १७:२६

काठमाडौँ । जगदम्बा मोटर्सले टीभीएसको तीन वटा राइड मोड उपलब्ध भएको छ । अपाच्चे आरटीआर १६० ४ भीको नयाँ मोडल नेपाली बजारमा ल्याएको हो ।

टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बिहीबार उक्त नयाँ आरटीआर १६० ४ भी आरटीएफआई तथा युरो ६ मापदण्ड भएको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो ।

मोटरसाइकलको युरो ६ मापदण्ड भएको मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट ३ राइड मोडमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा उपलब्ध हुने तीन वटा राइड मोडमा रेन, अर्वन र स्पोर्ट रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिका आधारमा मोटरसाइकल कुदाउँदा आवश्यकताअनुसार परिवर्तन गर्न सक्ने छन् ।

यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने छ । यसैगरी मोटरसाइकलको अर्को पक्ष भनेको रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई) टेक्नोलोजी युक्त युरो ६ मापदण्डसहितको इञ्जिन रहेको छ ।

आरटीएफआई भनेको फ्युल इन्जेक्सन प्रणालीले इलेक्ट्रोनिक कम्पोनेन्ट र सेन्सरको कम्प्लेक्स सेट समावेश गर्ने टेक्नोलोजी हो । यो प्रणाली इन्धनको प्रवाह नियन्त्रण गर्न इन्धन पम्पमा निर्भर हुन्छ ।

यो इन्धन पम्प बाइकको इन्धन ट्यांकीभित्र रहेको छ । आरटीएफआई टेक्नोलोजीयुक्त इञ्जिनले माइलेजमा वृद्धि गर्छ । युरो ६ मापदण्डको इञ्जिन वातावरणमैत्री हुन्छ ।

यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ । जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्नबाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग, लेन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् ।

यात्रा गर्दा अरु सामान्य मोटरसाइकलभन्दा अतिरिक्त फाइदा दिने कम्पनीले दाबी गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ यो बाइकको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया