नर्वेको नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार ११ गते ७:३४

ओस्लो । नर्वेको राजधानी ओस्लोको एक नाइटक्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले गोलीबारी एउटा लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ ।
प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ । आक्रमणको उद्देश्य के थियो भन्ने तत्काल खुल्न सकेको छैन ।
ओस्लोले शनिबार वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम छ । ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ’, ओस्लो प्रहरी विभागले ट्वीटमा भनेको छ ।
गोली लागेर तीन जना गम्भीर घाइते भएका पनि प्रहरीले जनाएको छ ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया